२२ हजार १ सय ७८ ले जिते काेराेना

          |   प्रकाशित मितिः मङ्लबार, भदौ १६, २०७७     ::: 159 पटक पढिएको   |  

काठमाडाैं भदाै १६ गते । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना जितेका छन्। हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ। १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पीसीआर परीक्षण भएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।



Leave a comment

Your email address will not be published.


*