सुरु भयो सोह्र श्राद्ध

        #Dailekh #shorasarad   |   प्रकाशित मितिः बुधबार, भदौ १७, २०७७     ::: 144 पटक पढिएको   |  

काठमाडौं भदाै १७ गते । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दसैं, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकाले हुन्। 



Leave a comment

Your email address will not be published.


*