जनपरिषद्का जिल्ला इञ्चार्ज निष्काशित

जनपरिषद्का जिल्ला इञ्चार्ज निष्काशित

अमर सुनार
दैलेख भदौ २० गते ।

एकीकृत जनक्रान्तिको आवश्यकता व्याख्या गर्दै नयाँ राजनीतिक संघर्ष सुरु गरेको विप्लव नेतृत्वको नेकपा जिल्ला समिति दैलेखले सो पार्टीको जनपरिषदका जिल्ला प्रमुख मदन शाहीलाई पार्टीको सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ । पार्टीको नीति विपरित आर्थिक हिनामिना, गुटबन्दी र अनुशासन हिन काम गरेको कारण आजैदेखि पार्टी सदस्यबाट समेत निष्काशन गरिएको विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज दिपेन्द्र र जिल्ला सेक्रेटरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
डेढ वर्षदेखि पार्टीको सम्पर्क बिहीन भई बसेका तर पार्टीको नाममा आर्थिक अपचलन गरेको आरोप लागेका पार्टीको जनपरिषदका जिल्ला प्रमुख मदन शाहीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । शाहीको घर दैलेखको चामुण्डा नगरपालिका–७ लयाटीमा पर्दछ ।

प्रतिक्रिया