अन्तरराष्ट्रिय साक्षरता दिवस : रेडियो र भर्चुअल बहस

अन्तरराष्ट्रिय साक्षरता दिवस : रेडियो र भर्चुअल बहस

दैलेख भदौ २४ गते ।
आज सेप्टेम्वर ८ तारिक अर्थात अन्तराष्ट्रिय साक्षरता दिवस । यो दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको दैलेख शाखाले जिल्लाको शैक्षिक अवस्था सुधारका निम्ति सरोकारवाला निकायको भूमिका विषयमा रेडियो बहस र जुम मार्फत भर्चुअल बहस गरेको छ । दैलेखको दुई वटै रेडियोबाट आज विहान सवा ८ बजेदेखि ९ बजेसम्म ४५ मीनेटको रेडियो बहसमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा र नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश कमिटीका सहसचिव गीता रेग्मी अथिति थिए ।
त्यसैगरी राष्ट्रिय अभियान नेपालको दैलेख शाखाले सञ्चालन गरेको शैक्षिक बहसमा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापा र नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य प्रभा सिजापती प्यानल गेष्टमा राखिएको थियो । विद्यालय नखुलुञ्जेल बैकल्पिक शिक्षण प्रणाली र प्रभावकारिता, जिल्लाको शैक्षिक विकासका लागि स्थानीय सरकार र सरोकारवाला भूमिका विषयमा बहस केन्द्रित केन्द्रित भएको थियो ।
कोरोना कहर कारण जमघट गर्न नसकिए पनि सञ्चार माध्यमको प्रयोगबाट प्रभावकारी रुपमा अन्तरराष्ट्रिय साक्षरता दिवस मनाउन मद्दत गर्ने र बहसमा सहभागी अथिति तथा सहभागी सबैलाई राष्ट्रिय अभियान नेपालको दैलेख शाखाका संयोजक दुर्गा गिरीले धन्यवाद दिइन् ।
सन् १९६६ संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को १४ औं सेसनबाट अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने प्रस्ताव पारित भएको थियो । त्यस यता विश्वभर नै हरेक वर्ष सेप्टेम्वर ८ तारिकका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ ।
नेपालमा यही अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाउने गरिंदै आएको थियो । यो वर्ष नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले अर्को कुनै दिनलाई राष्ट्रिय शिक्षा दिवस पछि तय गर्ने जनाएको छ ।

प्रतिक्रिया