वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ

          |   प्रकाशित मितिः बिहिबार, अशोज १, २०७७     ::: 141 पटक पढिएको   |  

काठमाडौँ असाेज १ गते । नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् ।सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,’ गौतमले भने ।

नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् । सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।



Leave a comment

Your email address will not be published.


*