सञ्चालनमा आयो दैलेख पोलिक्लिनिक

सञ्चालनमा आयो दैलेख पोलिक्लिनिक

दैलेख असाेज ३ गते । नारायण नगरपालिका–१ दैलेख स्थित पोलिक्लिनिक सञ्चालनमा आएको छ । गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न जिल्ला सदरमुकाममै दैलेख पोलिक्लिनिक प्राली सञ्चालनमा आएको हो । दैलेख पोलिक्लिनिकको शुक्रवार प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले उद्घाटन गरेकी छिन् । उक्त पोलिक्लिनिक शुक्रवारदेखि नै सञ्चालमा आएको हो । दैलेख पोलिक्लिकमा डिजिटल एक्स–रे, सुघर जाँच्ने एचबीए–वान–सी, मुटुरोगको जाँच गर्ने इसीजी, अल्ट्रा साउण्ड लगायतका अत्याधुनिक उपकरण जडान गरिएको छ । २४ घण्टा आपत्कालिन सेवा दिइने सञ्चालकहरुले बताएका छन् ।

प्रतिक्रिया