पहिरोले विस्थापित र जोखिममा परेका घरपरिवारलाई सहयोग

पहिरोले विस्थापित र जोखिममा परेका घरपरिवारलाई सहयोग

दैलेख असोज ८ गते ।
डि.बि. स्मृति प्रतिष्ठानले पहिरोका कारण विस्थापित भएका घरपरिवारलाई सहयोग गरेको छ । जिल्लाको नौमूले गाउँपालिका वडा नम्बर ४ कालिकास्थित उत्तिसेनीका ७ घरपरिवारलाई आर्थिक सहयोग उपलब्ध गराईएको हो । प्रतिष्ठानका अध्यक्ष महेन्द्र रानाका अनुसार पहिरोका कारण विस्थापित ७ घरपरिवारलाई प्रति परिवार एक हजारका दरले सहयोग उपलब्ध गराईएको हो । मंगलवार एक कार्यक्रममा बिच सहयोग रकम हस्तान्तरण गरिएको हो । पहिरो पीडितलाई सामान्य भएपनि राहत होस् भन्ने उदेश्यले सानो रकम सहयोग स्वरुप प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष रानाले बताए ।

प्रतिक्रिया