बालकमाथि यौन दुव्र्यवहार गर्ने २६ बर्षिया महिला पक्राउ

बालकमाथि यौन दुव्र्यवहार गर्ने २६ बर्षिया महिला पक्राउ

प्रतिकात्मक तस्बिर ।


हिक्मतबहादुर नेपाली
दैलेख असोज ११ गते ।
प्रहरीले बालकमाथी यौन दुव्र्यवहार गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर ८ गर्चा घर भएकी २६ बर्षिया महिलालाई पक्राउ गरेको हो । ती महिलाले सोहि ठाउँ बस्ने १३ बर्षिया बालकलाई बाल यौन दुव्र्यवहार गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले ती महिलालाई शुक्रवार पक्राउ गरेको हो । पक्राउ परेकी महिलालाई आइतवार नै बालबालिका सम्बन्धि कसुर (बाल यौन दुव्यवहार) शिर्षकमा मुद्धा दर्ता गरी दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
८ जना फरार प्रतिबादी पक्राउ
यसैबिच जिल्ला प्रहरी कार्यालय दैलेखले फैसला कार्यान्वयनको शिलशिलामा फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले २०७५ बैशाख २८ गते गरेको फैसला कार्यान्वयनको शिलसिलामा गाली बेईज्जती मुद्दाका ८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागी दैलेख जिल्ला अदालतमा उपस्थित गराईएको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया