कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी प्रकाउ

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी प्रकाउ

दैलेख असोज १५ गते ।
दैलेखका कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान) मुद्दाका फरार प्रतिवादी आठबिस नगरपालिका बस्ने पदम बहादुर नेपालीलाई पक्राउ गरेको हो । उच्च अदालत फैसला कार्यान्वयनको सिलसिलामा खोजतलास गर्दै जाने क्रममा नेपालीलाई उनकै घरबाट पक्राउ गरिएको डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
नेपालीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको अपराध अनुसन्धान समुहले घरबाटै पक्राउ गरेको हो । डिएसपी श्रेष्ठका अनुसार पक्राउ परेका नेपालीलाई जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया