दैलेखका कोरोना संक्रमितको बाँकेमा निधन

दैलेखका कोरोना संक्रमितको बाँकेमा निधन

दैलेख असाेज १८ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट दैलेखका एक व्यक्तिको आइतवार दिउँसो मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका– ८ का ५१ बर्षिया पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उपचारका लागि शनिवार दैलेख अस्पतालमा ल्याईपु¥याईका ती व्यक्तिलाई दैलेख अस्पतालमा उपचार सम्भव नभएपछि सुर्खेत रिफर गरिएको थियो । आन्द्रा फुटेको (आन्द्रामा प्वाल परेको) समस्या भएकाले कर्णाली प्रदेश अस्प्तालले पनि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरेको थियो ।
शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ युनिटमा शनिवार राती भर्ना भएका ती व्यक्तिको आइतवार दिउँसो मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बेहोस अवस्थामा भर्ना भएका ती व्यक्तिको उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारका उपाएहरु अपनाईएको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले ती व्यक्तिकाे दैलेख अस्पतालमै स्वाब संकलन गरिएको जानकारी दिए । स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको रेग्मीले जनाए ।यो संगै दैलेखमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया