सुर्खेतको टायर रिसोलिङ सेन्टरमा आगलागी

सुर्खेतको टायर रिसोलिङ सेन्टरमा आगलागी

सुर्खेत असाेज २१ गते । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–४ स्थित टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । मंगलबार राती करिब १ गतेतिर टायर रिसोलिङ सेन्टरमा आगलागी भएको हो । प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट करिब एक करोड १८ लाख बराबर क्षती भएको टायर रिसोलिङ सेन्टरका सञ्चालक सुरेशबहादुर कडायतले बताए । 

उनका अनुसार सेन्टरमा रहेको टायर पकाउने मेसिन, हावा भर्ने मेसिन, कारोवार फाइलहरु लगायतका लाखौंका उपकरण तथा सामग्री जलेर नष्ट भएका छन् । राती एक्कासी रिसोलिङ सेन्टरमा आगलागी भएपछि स्थानीयवासी र प्रहरीले दमकलको सहायतामा करिब दुई घण्टापछि आगो नियन्त्रणा लिएका थिए। समयमै आगो नियन्त्रण गरेका कारण रिसोलिङ सेन्टर वरिपरीका घरहरुमा आगलागी हुने जोखिम टरेको थियो । यसअघि पनि सुर्खेतमा पटकपटक विद्युत सर्ट भएर आगलागी भएको थियो। 

प्रतिक्रिया