मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

काठमाडौं कात्तिक २ गते । घटस्थापनाको अवसर पारेर फिल्म ‘भाँडाकुटी’ घोषणा गरिएको छ । दृष्यालय सिनेमाको ब्यानरमा निर्माण हुने फिल्म एक कार्यक्रमका बिच घोषणा गरिएको हो । 
फिल्ममा अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषालको मुख्य भुमिका रहनेछ । सामाजिक कथामा निर्माण हुन लागेको फिल्म किरण बिकले निर्देशन गर्न लागेका हुन् ।

किरणकै कथा, कलम खड्काको निर्माण रहेको फिल्म लगायतको अभिनय रहने फिल्मको आउँदो फागुनबाट छायाँकन  सुरु हुने बताइएको छ । 
२०७८ सालमा प्रदर्शन गर्ने बताइएको फिल्ममा निशल पौडेलको छायाँकन, राजकुमार दर्जीको नृत्य, भीम बिकको सम्पादन रहने छ । समाजको कथालाई चेतनामुलक रुपमा फिल्ममका पस्कने निर्देशक किरणले बताए ।

प्रतिक्रिया