अग्निपीडितलाई सहयोग

अग्निपीडितलाई सहयोग

ज्वाला सन्देश संवाददाता
दैलेख कात्तिक २ गते ।

बस्ने बास आगोले डढेपछि उठिबास लागेका दैलेखका प्रमेश रिजालको परिवारलाई दैनिकी गुजारा गर्न सहयोग प्राप्त भएको छ । आठबीस नगरपालिका–२ का रिजालको परिवार बसिरहेको घर आगलागी भएपछि बिचल्लीमा परेको थियो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले रिजाल परिवारलाई सहयोग उपलब्ध गराएको हो । डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले खाद्यान्न, भाँडाकुडा सहयोग उपलब्ध गराएको हो ।
२५ केजीको एक बोरा चामल, २ केजी नुन, २ लिटर तेल, ४ वटा कपडा धुने साबुन र ४ वटा नुहाउने साबुन सहयोग गरिएको छ । यस्तै तवेली, थाल, कराई, कचौरा, ड्रम, जग तथा ब्रस मनजन समेत सहयोग गरिएको संस्थाले जनाएको छ ।
आइतवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरेका छन् । सहयोग सामग्री हस्तान्तरण संस्थाका बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्मा समेत उपस्थित थिए ।

प्रतिक्रिया