भैरहवाको सेवा अब नयाँ भवनबाट

भैरहवाको सेवा अब नयाँ भवनबाट

दैलेख कात्तिक २ गते । जिल्ला सदरमुकाम दैलेख बजारमा बर्षौ बर्षदेखि सञ्चालनमा रहेको भैरहवा सुनचाँदी पसलले नयाँ भवनबाट सेवा दिन थालेको छ । पसलले नारायण नगरपालिका–१ लोकतान्त्रिक चोक पुरानो बजारमा भर्खरै निर्माण सम्पन्न सुविधा सम्पन्न भवनबाट ग्राहकहरुलाई सेवा दिन थालेको हो ।

आइतवार दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले रिवन काटेर नवनिर्मित भवन र नयाँ भवनबाट सेवा दिन थालिएको पसलको उद्घाटन गरेका छन् । सेनानी विकेसिंह विश्वकर्मा, प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरीक्षक रञ्जनकुमार बुढाथोकी, दैलेख उद्योग बाणिज्य संघका प्रतिनीधि, विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय उद्योगी व्यापारी लगाएतको उपस्थितीमा नवनिर्मित भवन र नयाँ भवनबाट सेवा दिन थालिएको पसलको उद्घाटन गरिएको हो ।

नवनिर्मित भवन र नयाँ भवनबाट सेवा दिन थालिएको पसल उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले व्यवसायिक सफलताको शुभकामना दिए । व्यवसाय गर्ने व्यक्तिले थुप्रै चुनौती र जोखिमहरुसँग जुध्न सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुनारको भनाई थियो ।

भैरहवा सुनचाँदी पसलले दैलेख लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुलाई सेवा दिँदै आएको छ । पुरानो गरगहनासँग नयाँ गरगहना नियमानुसार साट्ने, आकर्षक डिजाइनमा रसायन नहालेर गरगहना निर्माण गर्ने, काँचो एक नम्बर सुनको गरगहना थोक एवं फुटकर बिक्री लगाएतका सेवा प्रदान गर्दै आएको पलसले नयाँ भवनबाट सेवा दिन थालेको भैरहवा सुनचाँदी पसलका प्रोपराइटर समाजसेवी कुलबहादुर विकले बताए । दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष समेत रहेका प्रोपराइटर विकले आफ्नो व्यवसायिक सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया