घुस रकम सहित दुई जना पक्राउ

घुस रकम सहित दुई जना पक्राउ

अमर सुनार
दैलेख कात्तिक ३ गते ।

मालपोत कार्यालयमा काम गराउन भनी सेवाग्राहीबाट लिइएको पाँच हजार रुपैंयाँ घुस सहित लेखापढी व्यवसायी र कार्यालयका कर्मचारी सहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार अपरान्ह ५ बजे पक्राउ गरेको छ ।
मालपोत कार्यालय दैलेखका खरिदार भुवनेश्वर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढाले काम गराइदिन्छु भनी लिएको रकम सहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।
आयोग सुर्खेतको स्ट्रीङ अप्रेसन टोलीले रकम लिएका लेखापढी व्यवसायी र घुस लिन सल्लाह भएका भनिएका खनाल समेत दुबैलाई नियन्त्रणमा लिइएको बताइएको छ । यसबारे थप अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया