पूर्वसभामुख महराकी पत्नीको निधन

          |   प्रकाशित मितिः बुधबार, कार्तिक १९, २०७७     ::: 80 पटक पढिएको   |  

काठमाडौं कात्तिक १९ गते ।  पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।  काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६:२५ बजे उनको निधन भएको महराका प्रेस सहयोगी डिल्ली मल्लले जानकारी दिए।

मल्लकाअनुसार गएको दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । मल्लका अनुसार १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।

वि.सं. २०१८ साउन १३ गते शुक्रबार जन्मिएकी उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।
महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो। २०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन्। सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी थिइन्।

प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले महरा पत्नीको निधनप्रति दुख व्यक्त गरेका छन्। उनले ट्वीटमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।



Leave a comment

Your email address will not be published.


*