‘तिम्रै दिलको दरबारमा’ म्यूजिक भिडियो सार्वजनिक

‘तिम्रै दिलको दरबारमा’ म्यूजिक भिडियो सार्वजनिक

दैलेख कात्तिक २५ गते ।
प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण दैलेख पर्यटकीय दृष्टिकोणले अब्बल रहेको छ । पछिल्लो समय जिल्लाका तीनै पर्यटकीय क्षेत्रहरुमा म्यूजिक भीडियोहरु छायांकन हुन थालेका छन् । हालै दैलेखका पर्यटकीय क्षेत्रहरुमा छायांकन गरिएको म्यूजिक भीडियो सार्वजनिक भएको छ ।
जिल्लाको पर्यटकीय एवं धार्मिक स्थलहरु बेलासपुर, पञ्चदेवल, डुंगेश्वर लगाएतका स्थानमा छायांकन गरिएको ‘तिम्रै दिलको दरबारमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दैलेखका कलाकार लोकेन्द्र जिसी कुमारको शव्द तथा संगीत रहेको गीत हालै सार्वजनिक भएको हो ।
गीतमा म्यूजिक एरेन्जर कमल सौरागले गरेका छन् । गीतमा चर्चित गायिका टिका पुन र प्रेम मल्ल (आशा) ले स्वर रहेको छ । राजनकुमार बैश्यको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु प्रकाश कंडेल, सुनिता ठकुरी र हिरा विकले अभिनय गरेका छन् ।
हेर्नुहोस् भीडियो

प्रतिक्रिया