विश्व शौचालय दिवस मनाईयो

विश्व शौचालय दिवस मनाईयो

दैलेख : दैलेखको दुल्लु नगरपालिका–११ स्थित भानु माध्यामिक विद्यालय कालभैरबमा विश्व शौचालय दिवस मनाईएको छ । हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेवक दैलेखको समन्वय सहकार्यमा भानु माध्यामिक विद्यालय कालभैरबको आयोजनामा दिवस मनाईएको हो । मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय, घरघरमा चर्पि, सफा राखौँ धती भन्ने सन्देशका साथ दिवस मनाइएको हो ।
विद्यालयका प्रधानाध्यापक चित्रबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष खगेन्द्रबहादुर थापा, कालभैरब स्वास्थ्य चौकीका एचए मिलन भण्डारी, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका फिल्ड संयोजक महेन्द्र अधिकारी लगाएत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरु समेत सहभागि थिए ।सोहि अबसरमा साबुन पानीले हात धुन समेत सिकाईएको थियो ।

प्रतिक्रिया