बाल दिवसमा बाल अधिकाबारे छलफल

बाल दिवसमा बाल अधिकाबारे छलफल


दैलेख :भैरबी गाउँपालिकाको हरियाली बाल क्लबको आयोजनामा अन्तराष्ट्रिय बाल दिवस मनाईएको छ । एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, भैरबी गाउँपालिका वडा नम्बर १ र २ र पञ्चदेवल मावीको समन्वयमा अन्तराष्ट्रिय बाल दिवस मनाईएको हो ।
बाल क्लबका अध्यक्ष दिनेश महतराको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष काशिराम कार्की, बालबालिका, अभिभावक, शिक्षक, तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
विपद्मा बाल अधिकार सुनिश्चितता, हामी सबैको साझा प्रतिबद्धता भन्ने मुल नारा सहित आयोजित कार्यक्रममा बाल अधिकार, बाल हिंसा, बाल विवाह, बाल अधिकार संरक्षण लगाएतका विषयमा छलफल गरिएको थियो । सोहि अवसरमा गरिब विपन्न तथा अभिभावक विहिन ८ जना बालबालिकाहरुलाई १०९८ बाल हेल्पलाइन मार्फत छात्रबृति समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया