दशककै एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पारस खड्का

दशककै एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पारस खड्का

काठमाडौं : नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् । मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् ।

सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका गिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।

२८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

कुन अवार्डका लागि कोको मनोनयनमा ?

आईसीसी पुरुष प्लेयस् अफ द डिकेड

विराट कोहली (भारत), जो रुट (इंगल्याण्ड), केन विलियम्सन (न्युजिल्याण्ड), एबीडी भिलियर्स (दक्षिण अपि|mका), स्टिभ स्मिथ (अष्ट्रेलिया), रविचन्द्रन आश्विन (भारत), कुमार सांगाकारा (श्रीलंका)

आईसीसी महिला प्लेयर अफ द डिकेड

एल्लिस पेरी (अष्ट्रेलिया), मेग ल्यानिङ (अष्ट्रेलिया), सुजी बेट्स (न्युजिल्याण्ड), स्टाफानी टेलर (वेस्ट इन्डिज), मिथाली राज (भारत), सराह टेलर (इंगल्याण्ड)

आईसीसी पुरुष टेस्ट प्लेयर अफ द डिकेड

विराट केहली (भारत), जो रुट (इंगल्याण्ड), स्टिभ स्मिथ (अष्ट्रेलिया), जेम्स एन्डर्सन (इंगल्याण्ड), केन विलियम्सन (न्युजिल्याण्ड), रंगना हेराथ (श्रीलंका), यासिर साह (पाकिस्तान) ।

आईसीसी पुरुष ओडीआई प्लेयर अफ द डिकेड

विराट कोहली (भारत), लासिथ मालिंगा (श्रीलंका), मिचेल स्टार्क (अष्ट्रेलिया), एबीडी भिलियर्स (दक्षिण अपि|mका), रोहित शर्मा (भारत), महेन्द्रसिंह धोनी (भारत), कुमार सांगाकारा (श्रीलंका)

आईसीसी महिला ओडीआई प्लेयर अफ द डिकेड

मेग ल्यानिङ (अष्ट्रेलिया), एल्लिस पेरी (अष्ट्रेलिया), सुजी बेट्स (न्युजिल्याण्ड), स्टाफानी टेलर (वेस्ट इन्डिज), मिथाली राज (भारत), झुलान गोस्वामी (भारत)

आईसीसी पुरुष टी-२० प्लेयर अफ द डिकेड

रासिद खान (अफगानिस्तान), विराट कोहली (भारत), रोहित शर्मा (भारत), इमरान ताहिर (दक्षिण अपि|mका), आरोन फिंच (अष्ट्रेलिया), लासिथ मालिंगा (श्रीलंका), क्रिस गेल (वेस्ट इन्डिज)।

आईसीसी महिला टी-२० प्लेयर अफ द डिकेड

मेग ल्यानिङ (अष्ट्रेलिया), सोफी डेभाइन (न्युजिल्याण्ड), एल्लिस पेरी (अष्ट्रेलिया), डिएनद्रा डोटिन (वेस्ट इन्डिज), एलिसा हेली (अष्ट्रेलिया), अन्या स्रुबसोले (इंगल्याण्ड)

आईसीसी पुरुष एसोसिएट प्लेयर अफ द डिकेड

किले कोइट्जर (स्कटल्याण्ड­), क्यालुम म्यालेओड (स्कटल्याण्ड), पारस खड्का (नेपाल), रिची बेरिंटन (स्कटल्याण्ड), असद भाला (पपुवा न्युगिनी), पिटर बोरेन (नेदरल्याण्ड्स)

आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अफ द डिकेड

विराट कोहली (भारत), केन विलियम्सन (न्युजिल्याण्ड), अन्या स्रुबसोले (इंगल्याण्ड) मिसबाह उल हक (पाकिस्तान), ब्रेन्डन म्याकुलम (न्युजिल्याण्ड), काथरिने ब्रन्ट (इंगल्याण्ड), माहेला जयवर्धने (श्रीलंका), ड्यानिअल भिटोरी (न्युजिल्याण्ड), महेन्द्रसिंह धोनी (भारत) ।

प्रतिक्रिया