भैरवीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

भैरवीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

दैलेख : दैलेखमा भैरवी गाउँपालिकामा पनि बुधवार देखि महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म (मंसिर १० देखि मंसिर २५) लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान शुरु भएको छ ।
भैरवी गाउँपालिकाको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, सुआहारा लगाएतका गैरसरकारी संस्थाहरुको सहकार्यमा अभियान सुरु गरिएको हो । अभियानको पहिलो दिन भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट, गाउँपालिका अन्य जनप्रतिनीधि तथा कर्मचारी र सरोकारवा निकायका प्रतिनीधिहरुले ‘म हिंसा गर्दिन, म हिंसा सहदिन’ भन्दै हस्ताक्षर समेत गरेका छन् ।

प्रतिक्रिया