महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशन

महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशन

दैलेख : दैलेख सदरमुकाममा महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशन गरिएको छ । अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अबसरमा महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशन गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना तथा राधा पौडेल फाउण्डेशनको समन्वयमा महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशन गरिएको हो ।
महिनावारीको कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पुरा भन्ने मुल नारा सहित दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशनसँगै मर्यादित महिनावारीबारे जानकारी गराइएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिइन् । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया