महिनावारीलाई हाउगुजी बनाउँदा….!

महिनावारीलाई हाउगुजी बनाउँदा….!

दुर्गा गिरी

म ७ वर्षको उमेरदेखि नै खाना पकाउने र घरको काम गर्न थालेको हुँ । किन भने मेरी आमा महिनावारी भएको अवधीमा घर बाहिर बस्नुहन्थ्यो । जसले गर्दा मैले खाना पकाउनु पर्दथ्यो । कहिले पकाउन सक्थे खान्थ्यौ, कहिले पकाउन सक्दैनथे सबैजना भोकै बस्नुपर्दथ्यो । आमा महिनावारी भएको समयमा म विद्यालयमा गएन भने साथीहरुले भन्थे ‘आज दुर्गाको आमा महिनावारी हुनुभयो क्या उ स्कुल आइन् ।’
१३ वर्षको उमेरमा म पहिलो पटक महिनावारी भए । पहिलो पटक महिनावारी हुँदा घरको धुरी देख्नु हुँदैन भनेर गोठमा १० दिन देखि लुकेर बसे । अर्को महिनावारी देखि घरको पिडीमा बस्न थाले । बाहिर बस्दा दहि दुध खान दिइदैनथ्यो । तर हामी भाईबहिनी मिलेर कहिले काही चारेरे पनि दहि दुध खाइदिन्थे । केहि हँुदैनथ्यो । म जब सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखमा काम गर्न थाले । त्यसपछि फिल्डमा हिड्नुपर्दथ्यो । फिल्डमा हिड्दा एउटै ठाउँमा बस्न पाइदैनथ्यो । जसले गर्दा मैले म महिनावारी भए भनेर कसैलाई भन्दैनथेँ । अर्काको घरमा कहाँ बाहिर बस्ने भनेर भन्दैनथे । महिनावारी भएको बेलामा घरभित्रै बस्ने बानी परेपछी घरमा आउँदा पनि म घरभित्रै नै बस्दथे । आमाले सोध्दा म फिल्डमा नै महिनावारी भइसके भनेर भन्थे ।
एक दिनको कुरा हो म महिनावारी भएको थिए । फिल्डमा नै एक जना धामी म सँग बस्नको लागि आउनुभयो । मलाइ एकदमै डर लाग्यो । मैले सरलाई मेरो टाउको दुखेको छ म रेस्ट गर्छु भनेर सुते । तर मेरो दिमागमा धेरै कुराहरु खेलिरहे । सोँचे धामी काप्ने भए त एक सेकेन्ड छोइएपछि त कापीहान्नुपर्ने तर काप्नुभएन । हैन रहेछ क्या भन्ने लागेर भोलीपल्टसँगै एउटै गुन्द्रीमा बसेँ । तर केहि भएन । ए धामीलाई छुँदा पनि केहि हुँदो रहेनछ भन्ने लागेर मन अलि ढुक्क भयो ।
यसै गरि घरमा पनि खाना पकाउने देखि लिएर सवै ठाउँमा पुगे तर केहि भएन । यसै गरि अन्तराष्ट्रिय महिला दिवस थियो । डाडीमाडी बजारमा कार्यक्रम सकेर साझ घरमा आईपुग्दा बाबुलाई सुताउदै थिए । त्यसै बेलामा गोठबाट बाख्रालाई बाघले समातेर लियो । मलाइ भोली पल्ट सासुले सोध्नुभयो की त महिनावारी त भएको थिएनस् ? आज घरमा बाघ आयो भनेर सोध्नुभयो तर मैले हैन थिएन भने । मनमा एक पटक डर त लाग्यो तर हैन यो त संयोग हुन सक्छ भन्ने लाग्यो । आफ्नो मन बुझाए । यसै गरि दशैको समयमा महिनावारी भए महिनावारी हँुदा दशैको लागि सबै खाना पकाए । टिका लगाए । सवै नातेदारकोमा टिका लगाउन पनि गए । घर नजिकैको एक जना महिला महिनावारी भएको कारणले दशैको टिका लगाउन पाइनन भन्ने सुने । मैले घरपरिवारहरुलाई सहजिकरण पनि गरे उनिहरुले घरमा बस्न दिन मानेनन् टिका पनि लगाइदिएनन् । तर म भने निरन्तर रुपमा घरमा बस्ने र सवै ठाउँमा जाने भएसकेपछि महिनावारी भएको बेला के बार्ने के नबार्ने भन्ने कुनै बन्देज नै भएन । घरमा पुजाआजा होस् या कुनै कार्य होस् म सबैमा सहभागी भए । मेरो ससुरा मृत्यु हुँदा म महिनावारी भएको थिएँ । तर सबै कर्ममा सहभागी भए । मलाइ महिनावारी भएको अवस्थामा अब बाहिर बस्नुपर्छ भन्ने कुनै यादै हुँदैन ।
यो एक सामाजिक रुपमा गलत अभ्यास रहेछ । जुन अन्धविश्वासको कारणले गर्दा हामीले गलत प्रथालाई अंगाली रहेकाछौं । त्यसैले मर्यादित महिनावारीको लागि आफैबाट बुरुवात गर्न जरुरी छ । यसलाई हाउगुजीको रुपमा लिँदा आज कति बालिकाको बिचैमा पढाइ छुटेकोछ । कति बलात्कारको शिकार हुनुपरेको छ । कति जिव जनावरको सिकार हुनु परेको छ । यस्तै हिंसा तथा दुव्र्यवहार हुँदा सहन नसकेको कारणले गर्दा कति महिला तथा किशोरीहरुले आत्महत्या गर्नुपरेको अवस्था छ । दिनहुँजसो हिंसा तथा दुव्र्यवहार सहनुपरेको छ । त्यसैले यस्ता समस्या नआउन भनेर सवै तह, तप्काबाट जिम्मेवार पूर्वक मर्यादित बनाउन प्रयास गर्रौ । लाज हुन्छ देवि देवताहरु रिसाउछन्, अनिष्ट हुन्छ, छुट्टै बवस्नुपर्दछ, खानामा विभेद गर्ने, भन्ने गलत मान्यतालाई आजैबाट तोडौं । सुरक्षित हऔँ । सफा बनौ । यो एक प्राकृतिक प्रक्रिया हो । यसलाई रोक्न सकिदैन् । यसैले गर्दा सामाजिक रुपमा भएका गलत धारणाहरुलाई हटाउनुपर्दछ । यसलाई हाउगुजीको रुपमा डर त्रास र लाजको रुपमा नफैलाऔँ ।
लेखक सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहायक कार्यक्रम निर्देशक हुन् ।

प्रतिक्रिया