कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । नौमूले गाउँपालिका–३ द्धारी बस्ने ५८ बर्षीया हरीलाल पुन पक्राउ परेका हुन् । कर्तब्य ज्यान मुद्धामा २०७१ मंसिर २१ गते दैलेख जिल्ला अदालत दैलेखबाट फैसला भई फरार रहेका पुनलाई ईलाका प्रहरी कार्यालय नौमुले दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पुनलाई कैद भुक्तानीको लागी दैलेख जिल्ला अदालत उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया