माटोको ढिस्कोले पुरिएर एकको मृत्य

माटोको ढिस्कोले पुरिएर एकको मृत्य

दैलेख : दैलेखमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चामुन्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ९ डङसुर स्थित रानीवन फलफुल्ने चाका भन्ने स्थानमा घर पोत्ने माटोको खानमा माटो निकाल्न गएको अबस्थामा चामुन्डाबिन्द्रासैनि नगरपालिका वडा नं. ९ बस्ने भद्रा नेपाली र बुद्दी नेपाली माटोको ढिस्कोले पुरिएका थिए ।
मृत्यु हुनेमा चामुन्डा बिन्द्रासैनि न.पा. ९ बस्ने बर्ष ३२ कि भद्रा नेपाली रहेको प्रहरीले जनाएको छ । उनको उपचारकै क्रममा बिन्द्रासैनी स्वास्थ्य चौकी बिन्द्रासैनीमा मृत्यु भएको हो । सोहि ठाउँका नौले नेपालीको श्रीमती २९ बर्षीया बुद्दी नेपालीको बिन्द्रासैनी स्वस्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया