जिल्ला प्रशासन दैलेखले भन्यो ‘अब देखि टुँडिखेल र काँडाचौर बाहेक अन्य स्थानमा विरोध जुलस तथा प्रर्दशनहरु नगर्नु’

जिल्ला प्रशासन दैलेखले भन्यो ‘अब देखि टुँडिखेल र काँडाचौर बाहेक अन्य स्थानमा विरोध जुलस तथा प्रर्दशनहरु नगर्नु’

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले अब देखि दैलेख सदरमुकामको टुँडिखेल र काँडाचौर बाहेक अन्य स्थानमा विरोध जुलस तथा प्रर्दशनहरु नगर्न भन्दै सूचना जारी गरेको छ । विरोध जुलस तथा प्रर्दशन सम्बन्धि जारी सूचनामा जिल्ला सदरमुकामको हकमा विरोध जुलस तथा प्रर्दशन जस्ता गतिविधिहरु तोकिएको स्थानमा मात्रै गर्नुपर्ने उल्लेख छ ।
हालै विकसित राजनीतिक घटनाक्रमको समर्थन वा विरोध जन्य गतिविधि भईरहेको छ । प्रशासनले जिल्लाको शान्ति सुरक्षा तथा सुव्यवस्थाको अवस्थालाई मध्यनजर गर्दै काँडाचौर र टुँडिखेल बाहेकका अन्य स्थानमा विरोध जुलस तथा प्रर्दशनहरु नगर्न भनेको हो । जिल्ला सुरक्षा समितिको मंगलवार बसेको बैठकको निणर्य अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।
यद्धपी गृह प्रशासन सुधार मार्गचित्र २०७४ को बुँदा नं.३० मा भएको व्यवस्था बमोजिम जिल्लामा विरोध जुलस तथा प्रर्दशनहरु गर्न जिल्ला सुरक्षा समितिको २०७५ बैशाख ३० गते बसेको बैठकले विरोध जुलस तथा प्रर्दशनहरु गर्नका लागि स्थानीय टुँडिखेल र काँडाचौरलाई तोकेको थियो ।

प्रतिक्रिया