पत्रकार महासंघ दैलेखको साधारण सभा सम्पन्न

पत्रकार महासंघ दैलेखको साधारण सभा सम्पन्न

दैलेख : नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको बार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न पाँच निणर्यहरु गर्दै महासंघको साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको भवन निर्माणको पहल गर्ने निणर्य गरेको छ । जग्गाको खोजी गर्दै महासंघको भवन निर्माणको पहल गर्ने साधारण सभाले निणर्य गरेको हो ।
यस्तै जिल्लाका ११ वटै स्थानीय तहरुलाई सुशासन ऐन, मिडिया ऐन र संञ्चार ऐन निर्माण गर्न अनुरोध गर्ने निणर्य समेत गरेको छ । त्यसैगरी पत्रकार महासंघको संस्थागत विकासका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने साधारण सभाले निणर्य गरेको छ । साधारण सभाले स्थानीय तहहरुले प्रकाशन÷प्रशारण गर्ने विज्ञापन तथा सूचनाहरु जिल्लामा सञ्चालित स्थानीय सञ्चार माध्ययमहरुलाई प्राथमिकता दिएर प्रकाशन प्रशारण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निणर्य गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा थापा, उपाध्यक्ष कमल पन्त, महासचिव दिपेन्द्र शर्मा, प्रेस संगठनका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश सहइन्चार्ज विष्णु शर्मा, प्रेस संगठनका केन्द्रिय सदस्य नविन रिजाल, गोविन्ददेव भारती, पत्रकार महासंघ दैलेखका पूर्वअध्यक्ष नमनकुमार शाही, प्रेस संगठन नेपाल दैलेखका संयोजक पुस्कर थापा, प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाही लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया