दुल्लुमा शिक्षा प्रतिकार्य योजना निर्माण कार्यक्रम सम्पन्न

दुल्लुमा शिक्षा प्रतिकार्य योजना निर्माण कार्यक्रम सम्पन्न

दैलेख : जिल्लाको दुल्लु नगरपालिकामा सिकाई निरन्तरता अभियान, प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ केन्दीय कमिटिको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा कोभिड–१९ का कारण पछाडी परेको शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य उदेश्यका साथ कार्यक्रम गरिएको हो ।

देशैभरीका २० वटा पालिकामा संचालन गरिने कार्यक्रममा दुल्लू नगरपालिका पनि छनोट भई कार्य संचालन गरिनेछ । गोष्ठिले दुल्लु नगरपालिकाको सिकाई निरन्तरताका लागि कोभिड–१९ का सन्दर्भमा प्रतिकार्य योजना समेत निर्माण गरेको छ । दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा संचालन भएको गोष्ठिमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोईरालाले शिक्षा प्रतिकार्य योजना निर्माण र कार्यक्रम संचालन गर्दा विद्यार्थीको सिकाईमा सहजता प्रदान गर्ने बताए ।

कार्यक्रम समापन गर्दै प्रमुख भण्डारीले यो कार्यक्रम छनोट गरेकोमा सामुदायिक विद्यालय व्यवस्थापन महासंघलाई धन्यवाद दिए । उनले विद्यार्थीको सिकाई निरन्तरताका लागि नगरपालिकाले प्रतिकार्य योजना बनाई लागू गर्ने बताए ।

त्यस्तै गोष्ठिमा सामुदायिक विद्यालय महासंघका केन्द्रीय सचिव लगायत, सबै वडाका अध्यक्षहरू कार्यपालिका सदस्यहरू, शिक्षक महासंघ केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराई, विजया मावि दुल्लूका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद रिजाल, प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल, शिक्षा अधिकृत विकाशजंग शाही लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नगरपालिकाका कम्प्युटर अपरेटर रमेश उपाध्यायले संचालन गरेका थिए ।

प्रतिक्रिया