अवैध सालको काठ बरामद

अवैध सालको काठ बरामद

दैलेख : डिभिजन वन कार्यालय दैलेखले अवैध ढंगबाट काटिएका सालको काठ बरामद गरेको छ । पछिल्लो तीन हप्ताका अवधीमा कार्यालयले एक सय २५ क्यू फिटभन्दा बढी चिरान र गोलिया काठ बरामद गरेको हो । कार्यालयले माघ पहिलो साता (माघ ५ गते) एक सय २४ थान अर्थात ६५.२९ क्यू फिट चिरान काठ बरामद गरिएको जनाएको छ । ती काठ आठबीस नगरपालिका–१ नौखालबाट बरामद गरिएको कार्यालयका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले बताए । ट्याक्टरमा लोड गरी ओसार पसार गरिरहेको अवस्थामा प्रहरी चौकी पाल्तडाको प्रहरी टोलीले कामठ बरामद गरेको रावतले बताए । अवैध रुपमा सालको काठ ओसार पसार गर्ने चार जना माथी अनुसन्धान थालिएको डिभिजनल वन अधिकृत रावतले बताए ।
यस्तै माघ तेस्रो साता (माघ १७ गते) चामुण्डाविन्द्रासैनी नगरपालिका–३ स्थित चौतारा स्याउले सामुदायिक वनबाट २० थान सालको चिरान काठ बरामद गरिएको थियो । वन कार्यालयका कर्मचारी र समुहका वन हेरालुको संयुक्त टोलीले १६ क्यू फिट चिरान काठ बरामद गरेको बताईएको छ । सोहि ठाउँबाट ५ थान अर्थात २६.७१ क्यू फिट गोलिया काठ बरामद गरिएको डिभिजनल वन अधिकृत रावतले जनाकारी दिए । वनमा लुकाई छिपाई राखेको अवस्थामा सालको काठ बरामद गरिएको हो । अवैध रुपमा सालको काठ राखेको आरोपमा सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत रहेका मनबहादुर विक पक्राउ परेका थिए । उनिमाथी थप अनुसन्धान भईरहेको वन कार्यालयले जनाएको छ ।
त्यसैगरी नारायण नगरपालिका–७ किमुगाउँबाट समेत सालको काठ बरामद गरिएको छ । कार्यालयका डिभिजनल वन अधिकृत रावतका अनुसार १८.४६ क्यू फिट गोलिया काठ र दाउरा बरामद गरिएको छ । रुख काटिएको विषयमा थप अध्ययन, अनुसन्धान भईरहेको डिभिजनल वन अधिकृत रावतले जानकारी दिए ।

प्रतिक्रिया