कम्युनिष्टबाट संविधानको रक्षा हुन सक्दैनन् : नेता पौडेल

कम्युनिष्टबाट संविधानको रक्षा हुन सक्दैनन् : नेता पौडेल

दैलेख : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान र गणतान्त्रिक लोकतन्त्रको रक्षा कम्युनिष्टबाट कहिल्यै हुन नसक्ने दाबी गरेका छन् । सोमबार असंवैधानिक कदम विरुद्ध नेपाली काँग्रेस दैलेखद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावताका नेपाली जनतालाई झुठ्ठा आश्वासन दिएर भोट लिएको आरोप लगाए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले भने ‘घर–घरमा ग्यास, पानी जहाजका सपना बाँडेर कम्युनिष्टले जनमत लिएका हुन्, जनतमत पाएका दलाल कम्युनिष्टले गर्दा प्रतिगमनका विरुद्ध सडकमा आउनुपरेको हो ।’


बादरलाई मकै गोठाला बनाएर सुली तयार नहुने भन्दै नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षा, जनतमत कदर लागि आम नेपाली नागरिकहरुलाई नेपाली काँग्रेस पार्टीमा लाग्न आग्रह गरे । ‘कम्युनिष्टहरुले कहिल्यै पनि जनमत, संविधान र लोकतन्त्र रक्षा गर्दैनन्, यदी जनमतको कदर गर्ने नै थिए भने नेपाली जनताले दिएको दुईतिहाई बहुमतको कदर गरेर प्रतिनिधी सभा विघटन गर्दैनथे,’ नेता पौडेलले भने ‘कुर्चि, पैसा, पदका लागि लड्ने बाहेक कम्युनष्टि सरकारले तीन बर्षसम्म कुनै पनि जनपक्षिय काम गरेका छैन् ।’ मध्यपहाडी राजमार्ग, भैरहवा एयरपोर्ट, मेलम्ची खानेपानी पहिलेकै सरकारको योजना भएको नेता पौडेलले बताए । कम्युनिष्टले जनतालाई झुठा आवश्वासन दिएर मत बटुल्ने तर कदर नगर्ने हुँदा जनताले दुःख पाएको उनको भनाई थियो । ‘संविधानको कुनैपनि धारामा प्रतिनिधी सभा विघटन गर्ने उल्लेख गरिएको छैन, तर भ्रष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरी जनमत र संविधानको खिल्ली उडाए,’ उनले भने ।
बिरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कर्णाली प्रदेशका सचेतक एवं प्रदेश सभा सदस्य हिमबहादुर शाहीले दाहाल–नेपाल र ओली समुह दुईवटै कुखुरा चोर भएको बताए । ‘अहिले माधव– नेपाल समुहले असंवैधानिक प्रतिगमन भनेर सडक तताए पनि दुईवटै समुह कुखुरा चोर हुन्, फ्याउरो र स्याल हुन्,’ शाहीले भने ‘आवाज फरक भएपनि दुईवटैको एउटै जात हो ।’
नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदीप तिमिल्सेनाले वर्तमान सरकारले तीनबर्षसम्म सिन्को समेत भाँच्न नसकेको बताए । ‘जनताले कम्युनिष्ट सरकार आए, हामी सेवा सुविधा पाउँछौ भनेर दुई तिहाई बहुमत दिएका थिए, तर कम्युनिष्टहरु कमाउनिष्टमा लागेर पद र पैसामा अल्झेर जनमतको कदर गर्न सकेनन्,’ उनले भने ‘त्यसको परिणाम वर्तमान ओली सरकारले प्रतिनिधी सभा विघटन ग¥यो ।’ नेपाली काँग्रेस बाहेक अन्य पार्टीले जनताका हक अधिकार रक्षा गर्न नसक्ने उनको भनाई छ । सभालाई नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार बिसी, नेपाल महिला संघ दैलेखका अध्यक्ष सिताकुमारी राना लगाएतका जिल्लास्तरिय नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया