दुल्लुमा लोक दोहोरी प्रतियोगिता

दुल्लुमा लोक दोहोरी प्रतियोगिता


दैलेख : नेपाल विद्यार्थी संघ विजया मावी ईकाई समिति दुल्लूको आयोजना र नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र नं. २ दैलेखको पुरस्कार व्यवस्थापनमा श्रीपञ्चमीको अबसरमा माध्यामिक विद्यालय स्तरिय लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । एक समारोहका बिच १४ वटा टिमको सहभागीतामा दुल्लू नगर भित्रका माध्यामिक विद्यालयहरुको सहभागितामा लोक दोहोरी प्रतियोगीता सम्पन्न भएको हो । प्रतियोगितामा बिजया माबी छात्रा समूह प्रथम, सुर्योदय माबीको छात्रा समूह दितिय र महेन्द्रजयदेब ममबिको छात्र समूह तृतिय भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई क्रमश ८, ७ र ६ हजार रुपैयाँका दरले नगद पुरस्कार वितरण गरिएको नारायण रिजालले जानकारी दिए ।

नेविसंघका अध्यक्ष निराजन खवासको अध्यक्षता तथा भरत प्रसाद रिजालको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी, दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल, टंकप्रसाद रिमाल, तुलसीप्रसाद उपाध्याय, हरी थापा, केशबबहादुर भण्डारी, दिपक बिक, जनकबहादुर कार्की, कमल भण्डारी, सुनिल लम्साल, लक्ष्मी थापा, पवन योगीको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया