सर्वोच्चको फैसला माने पनि सम्मान गर्न सकिन्‍न :उपप्रधानमन्त्री पोखरेल

सर्वोच्चको फैसला माने पनि सम्मान गर्न सकिन्‍न :उपप्रधानमन्त्री पोखरेल

फाेटाे फाइल

काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा पुन:स्थापने गर्ने सर्वोच्च अदालतको फैसलाप्रति विमति जनाएका छन् । सर्वोच्चको फैसला मान्नुपर्ने भए पनि सम्मान भने गर्न नसकिने उनको प्रतिक्रिया छ ।मंगलबार राति ट्वीट गर्दै नेकपा सचिवालय सदस्यसमेत रहेका उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न । ’ सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्न रहेकामा त्यसलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया