ढुङ्गाले च्यापिएर ११ वर्षीय बालकको मृत्यु

ढुङ्गाले च्यापिएर ११ वर्षीय बालकको मृत्यु

177417670

दैलेख : जिल्लाको नौमुले गाउँपालिका–३ बालुवाटारका ११ वर्षीय एक बालकको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ। मृत्यु हुँनेमा पदम बहादुर दर्लामी मगरका ११ वर्षीय छोरा प्रकाश रहेको प्रहरीले जनाएको छ। गाउँपालिका–२ मा पर्ने द्धारी जंगलमा काफल खान गएका प्रकाशको घर फर्कने क्रममा द्धारी खोलामा खेलिरहेको ढुङगा पल्टिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।

प्रतिक्रिया