गैससलाई प्रशासनले भन्यो ‘कोरोना नियन्त्रणमा स्पष्ट खाका तयार पार्नु’

गैससलाई प्रशासनले भन्यो ‘कोरोना नियन्त्रणमा स्पष्ट खाका तयार पार्नु’

दैलेख : कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुलाई स्पष्ट खाका तयार पार्न निर्देशन दिएको छ । गैरसरकारी संस्थाहरुको सहभागितामा बिहीवार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएका र अन्य जिल्लामा दर्ता भई दैलेख जिल्लामा कार्यक्षेत्र भएका गैरसरकारी संस्थालाई यस्तो निर्देशन दिएको हो । गैरसरकारी संस्थाले स्पष्ट खाका सहित स्थानीय तहहरुमा जनचेतामुलक कार्यक्रम, सरसफाई, जनस्वास्थ्यका मापदण्डहरुको पालना लगाएत कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि काम गर्नुपर्नेछ । गैरसरकारी संस्था महासंघले गैरसरकारी संस्थाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि गरेका कामको १५÷१५ दिनमा प्रतिवेदन लिने र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी दिनुपर्ने छ ।
बैठकको निणर्य अनुसार कोरोना संक्रमणको जोखिमका कारण विद्यालयहरु बन्द भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनमा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै गैरसरकारी संस्थाहरुले शिक्षा विकास तथा समन्वय ईकाईसँग समन्वय गरी प्राथमिक र माध्यामिक तहका विद्यार्थीहरुका लागि रेडियो कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि अग्रपंतीमा रहि काम गरिरहेका सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरुलाई गैरसरकारी संस्थाहरुले मास्क, स्यानिटाइजर, पिपिई तथा सम्भव भएसम्म अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामग्री सहयोग गर्नसक्नेछन् । विभिन्न स्थानीय तहमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गैससहरुले निर्माण गरेको सरसफाईका संरचना र साधानहरु मर्मत सम्भारको अभावमा प्रयोगविहिन रहेको भन्दै प्रशासनले त्यसको व्यवस्थापनका लागि स्थानीय तहलाई आग्रह गरेको छ । साथै आगामी आर्थिक बर्षमा गैरसरकारी संस्थाको नविकरण तथा कार्यक्षेत्रको इजाजत कोरोना संक्रमण रोकथाम नियन्त्रण सम्बन्धि गतिविधीहरुमा रहने क्रियाशिलताका आधारमा हुने पनि प्रशासनले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया