गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७८     ::: 43 पटक पढिएको   |  

काठमाडौँ : गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् । ‘अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला । एकदमै धेरै शरीर दुख्ने/ गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ किजस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन् ।

अहिले उनी होम आइसोलेसनमा छन् । कोरोना जीत्न सकिन्छ भन्ने आत्मबल राखे तापनि कोरोनालाई सामान्य नठान्न उनले अनुरोधसमेत गरेका छन् । ‘लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउँ । सुरक्षित बसौं ! आसा राखौं यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौं,’ उनले लेखेका छन् । हालै प्रकाशले ‘मेरो पनि होइन र यो देश’ बोलको गीत सार्वजनिक गरेका छन् ।





Leave a comment

Your email address will not be published.


*