कालोबजारी गर्नेलाई कडा कारबाही

कालोबजारी गर्नेलाई कडा कारबाही

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञाको समयमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने भएको छ । मंगलवार एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने जनाएको छ ।
स्थानीय प्रशासनले जिल्लामा संक्रमणको दर बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि बैशाख २१ गते मंगलवार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । बैशाख २८ गते राती १२ सम्मका लागि एक साता निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरेर जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।
प्रशासनले निषेधाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव सृजना गर्ने, अनावश्यक मूल्यबृद्धि गर्ने, कालोबजारी एवं जम्माखोरी जस्ता गैर कानूनी क्रियाकलापहरु नगर्न भनेको छ । यस्ता कार्य विपरितका गतिविधि भए जो कोहीलाई प्रचलित कानुन बमोजिक कडा कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।
प्रशासनले कहिँ कतै बजारमा दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव सृजना गर्ने, अनावश्यक मूल्यबृद्धि गर्ने, कालोबजारी एवं जम्माखोरी जस्ता गैर कानूनी क्रियाकलापहरु भएमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी यूनिटमा जानकारी गराउन समेत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया