कर्णाली नदिमा टिपर खस्यो, चालक र सहचालक बेपत्ता

कर्णाली नदिमा टिपर खस्यो, चालक र सहचालक बेपत्ता

दैलेख : कर्णाली नदिमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर कर्णालीमा नदिमा खसेको हो। लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको टिपर दैलेखको आठबीस नगरपालिका–४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट नदिमा खसेको हो।

टिपर मंगलबार राती १० बजे दुर्घटनामा परी कर्णाली नदिमा हुनसक्ने प्रहरीले जनाएको छ। कर्णाली राजमार्गबाट झण्डै एक सय ५० मिटर तल कर्णाली नदिमा टिपर खस्दा चालक र सह चालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए। उनीहरुको नाम भने खुल्न सकेको छैन्। बेपत्ता हुनेको इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट खटिएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। 

कर्णाली नदिमा पानीको बहाव बढेको र पानी धमिलिएका कारण बेपत्ताको खोजी कार्यमा कठिनाई भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार गोताखोरको टोलीमार्फत बेपत्ताको खोजी कार्य गर्नका लागि समन्वय भइरहेको छ। 

प्रतिक्रिया