दैलेख सहित ५२ जिल्लामा निषेधाज्ञा

दैलेख सहित ५२ जिल्लामा निषेधाज्ञा

काठमाडौँ : कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र १२ जिल्लाकाले निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा जिल्लामा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापा, गुल्मी, प्युठान, बाजुरा, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी,  नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिराहा र नवलपरासी पश्चिममा पनि जिल्लाभर निषेधाज्ञा छ ।मन्त्रालयका अनुसार तनहुँ, म्याग्दी, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालीकोट, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बागलुङमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

बुधबार बिहानदेखि महोत्तरी, रोल्पा, मुगुमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने तनहुँ र म्याग्दीमा आंशिक रुपमा निषेधाज्ञा लागू गरेको छ ।म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र वैशाख २२ गते राति १२ बजेदेखि आउँदो वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गरिएको छ । बुधबारदेखि नै तनहुँको ऋषिङ गाउँपालिकाको वडा नम्बर २, ३, ४,५, ६,७ र ८ वडामा आंशिक रुपमा निषेधाज्ञा लागू गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बारा र सिराहाले वैशाख २३ गतेदेखि विहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा लागू हुने जनाएको छ । यस्तै रोल्पामा पनि बुधबारदेखि लागू हुनेगरी पूर्ण निषेधाज्ञा लागू गरेको छ ।

प्रतिक्रिया