आइसोलेसन अस्पताललाई प्रशोधित पानी सहयोग (भीडियो सहित)

आइसोलेसन अस्पताललाई प्रशोधित पानी सहयोग (भीडियो सहित)

दैलेख : नेपाल महिला संघ दैलेखले दैलेख सदरमुकामस्थित आइसोलेसन अस्पताललाई प्रशोधित पानी सहयोग गरेको छ । महिला संघले २० कार्टुन प्रशोधित पानी सहयोग गरेको हो ।

आइसोलेसन अस्पतालमा खानेपानीको अभाव रहेको जानकारी पाएपछि प्रशोधित पानी सहयोग गरेको नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता रानाले बताइन् ।

अध्यक्ष रानाले बिहीवार आइसोलेसन अस्पतालमा पुगेर स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी, डा. जगत थापा लगाएतको उपस्थितीमा पानी हस्तान्तरण गरेकी हुन् ।

हेर्नुहोस् भीडियो

प्रतिक्रिया