गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् ।गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि उनले राजीनामा दिएका हुन् । उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो ।

यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो ।यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर केही घण्टापछि फेरि मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया