प्रधानमन्त्रीलाई मत दिएका कर्णालीका माधव पक्षका सांसदले भने – हामी एमाले हौं, गुट उपगुट तपसिल

प्रधानमन्त्रीलाई मत दिएका कर्णालीका माधव पक्षका सांसदले भने – हामी एमाले हौं, गुट उपगुट तपसिल

सुर्खेत : कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका सबै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका छन् ।प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयोजनार्थ भएको मतदान प्रक्रियामा माधव पक्षका ७ सांसद सहभागी भएर ओलीको पक्षमा मतदान गरे । २८ सांसद अनुपस्थित भए । दैलेखका सांसद राजबहादुर बुढा, सुर्खेतका ध्रुवकुमार शाही र समानुपातिक सांसद पार्वती कुमारी विसुन्खेले ओलीको पक्षमा मतदान गरेका हुन् ।

‘हामी पार्टी एकताको पक्षमा हिजै लागेका हौं । आपसी एकता, सहकार्यता आवश्यक छ त्यसका लागि सबै मिलेर जानुपर्छ र एमालेलाई बचाउनुपर्छ भनेर हामी लागेका थियौं ।’ सांसद शाही भन्छन्, ‘नेकपा एमालेलाई मतदान गर्ने आम नागरिकको चाहना बमोजिम हामी एमालेको सरकार जोगिनु पर्छ भनेर मतदानमा सहभागी भएका हौं । गुट उपगुट तपसिलका कुरा हुन । हामीलाई एमालेले सांसद बनाएको हो । हामी एमाले हौं ।’

प्रतिक्रिया