पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त : लिए शपथ

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त : लिए शपथ

पोखरा : गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै वैशाख २६ मा राजीनामा दिएपछि गुरुङ कामचलाउ सरकारका मुख्यमन्त्री थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आव्हान गरेकी थिइन् । उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

प्रतिक्रिया