२१४ संक्रमितको मृत्यु : ५०५५ ले जिते कोरोना

२१४ संक्रमितको मृत्यु : ५०५५ ले जिते कोरोना

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट  २१४ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार मात्र २२४ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ। 

 त्यसैगरी २४ घण्टामा देशभर ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार १९ हजार ४७४ को पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या चार लाख ३१ हजार १९१ पुगेको मन्त्रालयले जनाएको छ । 

 बिहीबार पाँच हजार ५५ जनाले भने कोरोना जितेका छन्।   मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख २१ हजार ५१८ पुगेको छ ।  नेपालमा सक्रिय संक्रमितको संख्या भने एक लाख नाघेको छ । मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको हो । 

प्रतिक्रिया