म आधुनिक जामानाको नारी हुँ भन्दैमा…

म आधुनिक जामानाको नारी हुँ भन्दैमा…

मिला श्रेष्ठ

म जन्मेको घर देखि लिएर म बस्ने समाज होस् या सिंगो देश । मैले सबैतिर असमानता पाएँ । जब जब मैले भेदभाव महसुस गरेर त्यो कुरा कोही विश्वास पात्रको सामु राख्ने खोज्छु, तब तब मलाई रोकिन्छ । अनी भन्ने गरिन्छ ‘केटी मान्छे भएर यस्तो गर्ने होइन दोष तिम्रै हो’ । हाम्रो पुरुषवादी समाजमा तराईको गर्मीमा पनि महिलाले घुम्टो ओड्दै बस्नुपर्ने समाज, पुरुषले गन्जी र कट्टु लाएर हिँडे पनि केही नहुने ? ६ महिनाको बालिकादेखि ७० वर्षको हजुर आमासम्मको पनि बलात्कार हुन्छ यहाँ । अनि भनिन्छ, ‘केटाहरु त बोका नै हुन्छन्, केटीहरुको नै गल्ती हो ।’ यीनै शव्दहरु मैले पटक पटक सुन्ने गरेको छु । त्यतीखेर कस्सम हजुरहरुलाई खै कुन्नि कस्तो लाग्छ, तर मेरो भने रगत उम्लेर आउँछ ।
पढ्न नपाएका महिलाहरु आफ्नो लागि बोल्न सक्दैनन् । आफ्नो जीवन भरी विभिन्न प्रकारका हिंसाहरु सहेर बस्न बाथ्य हुन्छन् । तर पढेलेखेका महिलाहरुलाई पनि आधुनिकताको नाममा हिंसा गरिन्छ । केटा मान्छेले रक्सी खाएर अभद्र व्यवहार देखि लिएर बलात्कार गर्दा पनि मानिसहरु भन्छन् ‘नसामा थियो होला’ । तर, त्यही केटी मान्छेले साथीभाईसँग रमाइलो गरेर रक्सी खाएमा, मानिसहरु उनीहरुलाई एउटा शरीर बेच्ने महिला सोच्छन् । म जहाँ गएपनि मैले भेटेका मानिसहरु मात्र त्यस्ता हुन्छन् कि यो दुनिया नै यस्तै होला झैँ लाग्छ मलाई । संगै बसेर रक्सी खाने बित्तिकै, श्रीमानहरु विदेश गएका छन्, श्रीमानको मृत्यु भईसकेको छ भन्ने बित्तिकै, मेरो श्रीमानसँग घरमा मिल्दैन भन्ने बित्तिकै, मेरो ब्वाईफ्रेन्ड छ भन्ने बित्तिकै ‘Iam not available for you to have physical relation’   म कसैसँग शारिरीक सम्बन्ध बनाउन तयार छैन् ।get that loud and clear. म पढे लेखेको छु, आधुनिक छु भन्दैमा म सँग जे मन लाग्यो त्यो गर्न पाइँदैन हजुर ।
गाउँमा काम गर्न जाने महिलाहरुलाई बस्न कोठा दिइँदैन किनकी छाउपडि मान्ने अरे, अलि बुझेका शहर बजारमा केटी मान्छेलाई कोठा नदिने रे किनकी पानी धेरै खर्च गर्छे अरे । अन्तरजातिय बिहे ग¥यो भने कुलमा भित्र्याइन्न किनकी नेवारकी छोरी रे । सानैदेखी हामीलाई के सिकाइन्छ, केटी मान्छे भएपछि धर्तिजस्तो हुनुपर्छ । अरे केटी मान्छेको मन हुँदैन । शारिरीक पिडा मात्र पिडा हो ? जबकी अहिलेको समाज मानसिक स्वास्थ्यको कुरा गर्देर्छौ हामी ।
समानता पनि होइन समताको नारा लगाउने हाम्रो नेपाली समाजले कहिलो समानता भन्ने चिज पनि व्यवाहारमा आफ्नै घरपरिवारमा उतारेको छ र ? यहाँ त यतिसम्म छ कि आफुलाई लागेको कुरा फेसबुकको स्टाटस पनि लेख्न पाउँदैनन् महिलाहरुले । त्यस्तो स्टाटस पनि लेख्छ्न केटी मान्छे भएर अरुले तिमिलाई नै नराम्रो सोच्छन् । अनि म सोच्छु, महिलाहरुलाई नराम्रो दुष्टिकोणले हेर्ने ति पापीहरुको आँखा नै कोतरेर अन्धा बनाईदिनुपर्छ जस्तो हुन्छ मलाई त खै तपाईँहरुलाई कस्तो हुन्छ ? तर जब जब म यस्तो खबर सुन्छु महिला हिंसाको अथवा आफैले कुनै अवस्था भोग्छु । I am ready to fight even alone.
म कुनै लेखक होइन । मैले लखेको शब्दहरु व्याकरणहरु, एउटा लेखमा हुनुपर्ने तालमेलका कुराहरु केही नमिल्ला तर यो मैले आफ्नो मनमा भएका भावनाहरुलाई यी अक्षहरुमा बाँधेर राखेकी हुँ । फेरी यो लेख पढेर, यो केटी त यस्ती रैछ, केटीहरुलाई लेख लेख्न आउँदैन भनेर जज् गरेर अर्कै एउटा असामानता र भेदभावको भावना नर्दशाई दिनुहोला ।

प्रतिक्रिया