कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग

कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको छ । दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । डिसीए नेपालको आर्थिक सहयोगमा सोसेकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सोमवार आठबीस नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी राकमकर्णाली तथा पंचदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी कुची र स्वास्थ्य चौकी विनायकलाई स्वास्थ्य सामग्री हस्तान्तण गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, कार्यक्रम संयोजक पुस्कर शर्मा सहितको टोलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
आठबीस आइसोलेसन सेन्टर राकमकर्णालीका लागि २ हजार वटा नर्मल मास्क, १५० बोटल स्यानीटाइजर, ५ वटा थर्मल गन, १० सेट पीपिई, १५० वटा एननाइन्टी फाइभ मास्क र २०० वटा ग्लोब्स आठबीस नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । यस्तै राकमकर्णाली स्वास्थ्य चौकीलाई १ हजार वटा सर्जिकल मास्क, ५० वटा स्यानीटाइजर, १ वटा थर्मल गन, ५ सेट पीपिई, १०० वटा एननाइन्टी फाइभ मास्क र १०० वटा सर्जिकल ग्लोब्स हस्तान्तरण गरिएको छ ।


अछामको पंचदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखालाई १ हजार वटा सर्जिकल मास्क, १०० वटा स्यानीटाइजर, ४ वटा थर्मल गन, ६ सेट पीपिई, १०० वटा एननाइन्टीफाइभ मास्क, १०० वटा सर्जिकल ग्लोब्स हस्तान्तरण गरिएको छ । त्यसैगरी कुची स्वास्थ्य चौकीका लागि १ हजार थान सर्जिकल मास्क, ५० वटा स्यानीटाइजर, १ वटा थर्मल गन, १० सेट पीपिई, ५० वटा एननाइन्टी फाइभ मास्क र १०० वटा ग्लोब्स हस्तान्तरण गरिएको छ । त्यसैगरी विनायक स्वास्थ्य चौकीका लागि १ हजार थान सर्जिकल मास्क, ५० वटा स्यानीटाइजर, १ वटा थर्मल गन, ४ सेट पीपिई, ५० वटा एननाइन्टी फाइभ मास्क र १०० वटा ग्लोब्स हस्तान्तरण गरिएको छ ।
संस्थाद्धारा आठबीस नगरपालिकाका विभिन्न वडामा सञ्चालित परियोजनामा समेटिएका सामुदायिक संस्था, कृषि समुहका सदस्यहरुलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि सामुदायिक संस्था, कृषि समुहका २ सय जना सदस्यलाई प्रति परिवार १५ वटा मास्क र एक बोटल सेनीटाइजर वितरण गरिनेछ ।


यस्तै संस्थाद्धारा पंचदेवल विनायक नगरपालिकाका विभिन्न वडामा सञ्चालित परियोजनामा समेटिएका समुदायस्तरका नागरिकहरुलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि सामुदायिक संस्था, कृषि समुहका १ सय जना सदस्यलाई प्रति परिवार २० वटा मास्क र एक बोटल सेनीटाइजर वितरण गरिनेछ ।
अछामको पंचदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पंचदेवल विनायक नगरपालिकाका मेयर देवराज देवकोटा, उपमेयर अम्बिका चलाउने लगाएतको उपस्थिती थियो । आठबीस नगरपालिकाकाको स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकीलाई सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेना,सुचना प्रविधि अधिकृत शेर बहादुर सिजापति लगाएतको उपस्थिती थियो ।

प्रतिक्रिया