बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने

बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने

भेरी अस्पतालमा भारतबाट आइपुग्यो लिक्विड अक्सिजन

नेपालगन्ज : बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालमा भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन मंगलबार आइपुगेपछि  अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको छ । त्यसका लागि सोमबार लिक्विड अक्सिजन ट्यांक अस्पताल परिसरमा ठड्याइएको छ। केही दिनदेखि नै अस्पताल परिसरमै ट्यांक ल्याएर राखिएको थियो ।

अस्पतालका अनुसार यो स्टोरेज ट्यांक हो । यसमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ । त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनबाट बेड–बेडमा सप्लाई गरिन्छ । ‘ट्यांक जडानका लागि फाउन्डेसन तयार नै थियो,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले भने,‘अब केहि समयमा अक्सिजन प्लान्ट तयार भएर पाइपलाइनबाट बेडबेडसम्म अक्सिजन दिन सकिन्छ अस्पतालमा अक्सिजनको अभाव रहँदैन।’

सरकारले भेरीलाई अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक र पाइपलाइन विस्तारका लागि १५ करोड रुपैयाँ विनियोजन गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको हो ।कोरोना कहरका बीचमा जमसेदपुरबाट कोहलपुर मेडिकल कलेजमा दुई ट्यांकर लिक्विड अक्सिजन ल्याइएको थियो ।

प्रतिक्रिया