कोरोनाबाट बच्न आचारसंहिता, घरमै अध्ययनका लागि कार्यतालिका

कोरोनाबाट बच्न आचारसंहिता, घरमै अध्ययनका लागि कार्यतालिका

दैलेख : कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले शैक्षिक क्रियाकलापहरु अवरुद्ध छ । महामारीका कारण दैलेख सहित मुलुकभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा गुराँस गाउँपालिकाका बालबालिकाहरुले भने कार्यतालिका निर्माण गरेर घरमै अध्ययन गरिरहेका छन् भने कोरोना बाट बच्न आचारसंहिता समेत निर्माण गरेका छन् ।
गुराँस गाउँपालिका–६ स्थित गुराँस बाल क्लबका बालबालिकाहरुले कार्यतालिका निर्माण गरि अध्ययन गरिरहेका हुन् । बालबालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न विभिन्न किसिमको आचारसंहिताहरु तयार गरेका छन् । कार्य तालिका अनुसार विभिन्न किसिमको चित्रहरु बनाउने गरेको छन् ।
बिद्यालय बन्द भएतापनि आफ्नो पढाइलाई निरन्तरता दिन कार्य तालिका तयार गरि अध्ययन गरिरहेको गुराँस बाल क्लबका सदस्य सम्झना खाणले बताइन् । बालबालिकाले आफु सहित आफ्नो भाई बहिनिहरुलाई समेत सिकाउने गरेका छन् । अध्ययनपछि फुर्सदको समयमा बालबालिकाहरूले विभिन्न किसीमका चित्रहरु बनाउँछन् ।
फोटोहरु :

प्रतिक्रिया