नौमूलेलाई स्वास्थ्य सामग्री

नौमूलेलाई स्वास्थ्य सामग्री

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले नौमूले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
संस्थाका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाका अनुसार पाँच हजार वटा मास्क र एक सय बोटल स्यानीटाइजर सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना मार्फत स्वास्थ्य सामग्री सहयोग गरिएको हो । स्वास्थ्य सामग्री आइतवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष सिता रानाले नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरलाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया