प्रतिनिधिसभा विघटनप्रति आपत्ति

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     ::: 233 पटक पढिएको   |  

दैलेख : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको दोश्रो पटक विघटन गरेको बिरोधमा दैलेखका ४ राजनीतिक दलहरुले गैरसंवैधानिक कार्यमा राष्ट्रपति बिद्यादेवी भण्डारी समेतको संलग्नताप्रति खेद प्रकट गरेको छ ।
मंगलवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाका १ सय ४९ जना सदस्यहरुको हस्ताक्षर सहित नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री नियुक्त गर्न निवेदन पेश भएको अवस्थामा प्रतिनिधिसभा विघटन गरिनु असंवैधानिक रहेको उल्लेख छ ।
राष्ट्रपति भण्डारीले संवैधानिक दायित्व विपरित प्रधानमन्त्री केपी शर्मा ओलीसंगको मिलेमतोमा बदनियत पूर्ण तवरले प्रतिनिधिसभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्र माथि नै प्रहार गरिएको आरोप लगाइएको छ ।
नेपाली काँग्रेसका जिल्ला सचिव भूपेन्द्र शाही, नेकपा माओवादी केन्द्रका संयोजक प्रेम कटुवाल, नेकपा एमालेका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारी र राष्ट्रिय जनमोर्चाका सचिव सुरतबहादुर रावतद्धारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय हित रक्षाको लागि सबैको एक्यवद्धताको निम्ति आग्रह गरिएको छ ।
लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाको लागि दृढतापूर्वक अगाडि बढ्न आवश्यक परे सशक्त आन्दोलन गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, तथा आम जनसमुदायलाई विज्ञप्ती मार्फत आह्वान गरिएको छ ।



Leave a comment

Your email address will not be published.


*