वृद्ध भत्ता चार हजार पुग्यो

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     ::: 65 पटक पढिएको   |  

काठमाडौं : सरकारले वृद्धाभत्ता बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता चार हजार पुर्याएको घोषणा गरेका हुन् ।

सबै किसिमका सामाजिक सुरक्षा भत्ता २५ प्रतिशत वृद्धि गरेको सरकारले वृद्धभत्ता चार हजार पुर्याएको हो । अब ७० वर्ष पुगेका वृद्धवृद्धाले मासिक रुपमा चार हजार रुपैयाँ वृद्धभत्ता पाउनेछन् । यसअघि वृद्धभत्ता तीन हजार रुपैयाँ वितरण हुँदै आएको थियो ।



Leave a comment

Your email address will not be published.


*